राष्ट्रिय सहकारी बैंकको नाफा घट्यो ,निष्कृय कर्जा २ दशमलव ५८ प्रतिशत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

राष्ट्रिय सहकारी बैंकको नाफा घट्यो ,निष्कृय कर्जा २ दशमलव ५८ प्रतिशत



काठमाडौं, २५ साउन  । राष्ट्रिय सहकारी बैंक लिमिटेडले आर्थिक वर्ष २०७३/७४ को चौथो त्रैमासमा खुद मुनाफा १६ करोड ४७ लाख रुपैयाँ कमाएको छ, जुन गत वर्षको तुलनाभन्दा शुन्य दशमलव ६० प्रतिशतले घटेको हो । अघिल्लो वर्षको सोहि अवधिमा मुनाफा १६ करोड ५३ लाख रुपैयाँ कमाएको थियो ।

८६ करोड २२ लाख रुपैयाँ चुक्ता पूँजी भएको बैंकले जगेडाकोषमा २७ करोड ४६ लाख रुपैयाँ राखेको छ । बैंकले निक्षेपमा १८ दशमलव ५२ प्रतिशतले घटेर १४ अर्ब ३ करोड १३ लाख रुपैयाँ संकलन गरेको छ । जसबाट कर्जामा ८ अर्ब ७९ करोड ९१ लाख रुपैयाँ लगानी गरेको छ, जुन गत वर्षको तुलनामा २७ दशमलव ५५ प्रतिशतले वृद्धि गरेको हो । बैंंकको खुद व्याज आम्दानी ३० दशमलव १६ प्रतिशतले बढेर ४९ करोड २७ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा २१ लाख रुपैयाँ पुगेको छ । बैंकको प्रोभिजनमा ३६ करोड ३४ लाख रुपैयाँ राखेको छ।

बैंकको पूँजीकोष अनुपात ११ दशमलव २६ प्रतिशत र निष्कृय कर्जा २ दशमलव ५८ प्रतिशत रहेको छ ।

प्रकाशित : २५ श्रावण २०७४, बुधबार ०८:२७