अर्थमन्त्री महतको गाडीमा पेट्रोल बम प्रहार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

अर्थमन्त्री महतको गाडीमा पेट्रोल बम प्रहार



Mahatनुवाकोट  । अर्थमन्त्री रामशरण महतको गाडीमा पेट्रोल बम प्रहार भएको छ । संविधानको प्रारम्भिक मस्यौदामा जनताको राय सुझाव लिन आफ्नो निर्वाचन क्षेत्र नुवाकोट क्षेत्र नम्बर २ पुगेका अर्थमन्त्री महतमाथि आक्रमण स्वरुप बम प्रहार भएको बुझिएको छ ।

नुवाकोटको खरानीटारमा आयोजित सुझाव संकलन कार्यक्रममा जाँदै गर्दा ढिकुरे पुगेपछि महतमाथि आक्रमण प्रयास भएको हो । यद्यपी महत कार्यक्रम स्थल भने पुगिसकेका छन् ।

आक्रमणपछि आक्रमणकारी फरार रहेको र उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : ४ श्रावण २०७२, सोमबार ११:४७