भोलीबाट सानिमा माईको शतप्रतिशत हकप्रद « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

भोलीबाट सानिमा माईको शतप्रतिशत हकप्रद



काठमाडौं,२६ साउन  । सानिमा माई हाइड्रोपावर लिमिटेडले १ बराबर १ अर्थात १०० शतप्रतिशत हकप्रद शेयर भोली अर्थात् साउन २७ गतेबाट निष्काशन गर्ने छ । कम्पनीले १ करोड ५ लाख ५० हजार कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।

कम्पनीको हकप्रदमा शेयरधनीले साउन २७ गतेदेखि भदौ २९ गतेसम्म आवेदन दिन सक्नेछन् । हकप्रद शेयर विक्री प्रबन्धकमा सनराईज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

हाल १ अर्ब ५ करोड ५० लाख रुपैयाँ चुक्तापूँजी रहेको सानिमामाई हाइड्रो पावरले १ बराबर १ को अनुपातका दरले हकप्रद शेयर बिक्रीपश्चत चुक्तापूँजी २ अर्ब ११ करोड रुपैयाँ पुग्नेछ ।

सानिमा माई हाइड्रोपावरमा संस्थापक शेयरधनीहरु ७० प्रतिशत, उद्योग प्रभावित क्षेत्रका बासिन्दा १० प्रतिशत र सर्वसाधारण शेयरधनीहरु २० प्रतिशत गरी कुल सय प्रतिशत रहेको छ ।

शेयरधनीले सन्राइज क्यापिटल लिमिटेड, कमलपोखरी काठमाडौ तथा सानिमा बैंक लिमिटेडका तोकिएका शाखा कार्यालय उपत्यकाभित्र चुच्चेपाटि , कलंकी, , महाराजगंज , न्यूरोड, सूर्य् विनायक भक्तपुर , कुमारीपाटी ललितपुर र उपत्यका बाहिर विराटनगर, विरगंज, बिर्तामोड, बुटवल, दमक, धरान, लाहान, नारायाणगढ चितवन, नेपालगंज र पोखराबाट आवेदन दिन सकिने बैंकले जनाएको छ ।

प्रकाशित : २६ श्रावण २०७४, बिहीबार ०९:१६