सिद्धार्थ बैंकको सीइओमा शम्भुनाथ गौतम « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सिद्धार्थ बैंकको सीइओमा शम्भुनाथ गौतम



काठमाडाै २६ साउन  । सिद्धार्थ बैंक लिमीटेडको प्रमुख कार्यकारी अधिकृत(सीइओ)मा शम्भुनाथ गौतम नियुक्त भएका छन् ।

बैंकको बुधबार बसेको संचालक समिति बैठकले एक्टिङ सीइओको रुपमा कार्यरत गौतमलाई बढुवा गरी सीइओ बनाउने निर्णय गरेको हो ।

तत्कालीन सीइओ सुरेन्द्र भण्डारीले कार्यकाल नसकिँदै राजीनामा दिएर कुमारी बैंक राजेपछि सिद्धार्थ बैंक सीइओविहीन थियो ।

सिद्धार्थ बैंकको सीइओमा नियुक्त भएका गौतमसँग निकै लामो बैकिङ अनुुभव छ ।

उनी सुरेन्द्र भण्डारीको पालामा डेपुटी सीइओको रुपमा कार्यरत थिए । सिद्धार्थ बैंकको स्थापनादेखि नै गौतम त्यहाँ सेकेण्ड म्यानको रुपमा कार्यरत थिए ।

 

प्रकाशित : २६ श्रावण २०७४, बिहीबार १०:४८