दस महिना पछि श्री एयरलाइन्सले पायो उडान अनुमति « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

दस महिना पछि श्री एयरलाइन्सले पायो उडान अनुमति



काठमाडौं  २६ साउन। श्री एयरलाइयन्सले उडानका लागि अनुमति पाएको छ । लामोसमयको रस्साकस्सीपछि नागरिक उड्डयन प्राधिकरणले श्री एयरलायन्सलाई नियमित उडानका लागि अनुमति दिएको हो ।

यो वायुसेवाले एओसीका लागि प्राधिकरणमा आवेदन दिएको झण्डै १० महिनापछि अनुमति पाएको हो । पछिल्लो समय डेड दशकदेखि हेलिकोप्टर उडान गरिरहेको श्री एयरलाइन्सले नियमित उडानमा आन्तरिक वायुसेवा प्रयोग गर्न चाहेको थियो ।

यो वायुसेवाले हेलिकोप्टरबाट फिक्स विंग्स ( नियमति उडानका पंखा जडिन जहाज) ल्याउन खोजेको थियो । यो कम्पनी संचलनमै भएपनि यसले नयाँ सरहको प्रक्रिया पूरा गर्नुपर्ने भएकोले समय लागेको पनि उड्डयन विभागको भनाइ छ ।

नेपालमा हवाई उडानको लागि प्राधिकरणबाट उडान अनुमति माग गरेको हेलिकोप्टर सेवा प्रदायक कम्पनी एभरेष्ट हेलिलाई करीब एक वर्ष उडान अनुमति दिएको थियो ।

पछिल्लो त्यस अघी अल्टिच्यूट हेलिकोप्टरले पनि ६ महिना भन्दा बढीको समय खर्चनु परेको थियो । यो वायुसेवाले गत भदौ २२ गते पर्यटन मन्त्रालयबाट लाइसेन्स पाएको थियो ।

नेपालमा श्रीले एमआई १७ नामक ठूला र एएस ३५० बी ३ नामक साना हेलिकोप्टर संचालन गरिरहेको छ । हेलिकोप्टरमा राम्रो सेवा गरेको अनुभवलाई नै जहाजमार्फत अन्तरिक र अन्तराष्ट्रिय उडानमा प्रयोग गर्ने योजना बनेको अनिल मानन्धरको भनाइ छ ।

काठमाडौं विमानस्थललाई आधार बनाएर माउन्टेन फ्लाइट, भन्द्रपुर, विराटनगर, भैरहवा, नेपालगन्ज र धनगढीसहितका शहरी क्षेत्रका विमानस्थल (ट्रङ्क रुटका) गन्तव्यमा उडान गर्ने योजना यो वायुसेवाको छ ।

आन्तरिक उडानका यी गन्तव्यमा उडान गर्न सीआरजे २०० नामका जहाजबाट उडान हुन्छ । देशभित्र उडान गर्न ५० र ७० सीटका क्षमतामा जहाज हेरिएको मानन्धरको भनाइ छ । उड्डयन नियम अनुसार कम्तिमा दुईवटा जहाज संचालन गर्नुपर्ने भएकोले एकैपटक दुईवटा र थप एक गरी दुइटै क्षेत्रमा तीनतीन वटा जहाज हुनेछ ।

प्रकाशित : २६ श्रावण २०७४, बिहीबार १३:०५