दरबारमार्गको केएफसी पिज्जा हट बन्द « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

दरबारमार्गको केएफसी पिज्जा हट बन्द



काठमाडौं। काठमाडौंस्थित दरबारमार्गमा सन्चालित केएफसी रेस्टुरेन्ट, सोही स्थानमा रहेको पिज्जा हट रेस्टुरेन्ट, तथा ब्लुबर्ड मलमा रहेको पीएचडी रेस्टुरेन्ट र केएफसी अनिश्चित समयका लागि बन्द गरिएको छ ।

यी होटलको व्यवस्थापन गर्दै आएको देवयानी इन्टरनेसनलले श्रमिकको कारण देखाउँदै होटल बन्द गरेको जनाएको हो ।

रेस्टुरेन्टमा काम गर्दै आएका श्रमिकको व्यवहारप्रति असन्तुष्टि जनाउँदै अनिश्चित समयसम्मका लागि होटलमा ताला लगाउनु परेको देवयानीले जनाएको छ ।

होटलमा १ सय ५५ जना कामदार, कर्मचारी कार्यरत रहेको जनाइएको छ । होटल व्यवस्थापकले विज्ञप्ति जारी गर्दै श्रम ऐन २०४८ को दफा ७७ (३) बमोजिम तालाबन्दी गरिएको जनाएको छ

प्रकाशित : २ जेष्ठ २०७२, शनिबार ०८:३१