ग्रीसमा तीन सातापछि बैंकहरु खुले « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

ग्रीसमा तीन सातापछि बैंकहरु खुले



काठमाडौ । आर्थिक संकटबाट गुज्रिरहेको युरोपेली मुलुक ग्रीसमा तीन सातापछि बैंकहरु खुलेका छन् । तर, अझै पनि ग्राहकले बैंकबाट विदेशका लागि पैसा पठाउन सक्ने छैनन् ।

भ्याटदर १३ बाट २३ प्रतिशत पुर्‍याइएसँगै उच्च मूल्यबृद्धि भएको छ । बैंक खुल्नुअघि एटीएमबाट ग्राहकलाई दिनको ६० युरोभन्दा बढी निकाल्न दिइएको थिएन । अब भने बैंकहरुबाट हप्ताको एक दिन ४ सय २० युरो निकाल्न पाइने भएको छ ।

चरम आर्थिक संकट झेलिरहेको ग्रीसमा अहिले बेरोजगारी दर उच्च छ भने मुद्रास्फिति बढेको छ । गत हप्ता मात्र ग्रीसलाई ऋण जमानत दिन ‘युरोजोन’ सहमत भएपछि ग्रीस तत्कालका लागि टाट पल्टिनबाट जोगिएको थियो ।

यसैबीच, जर्मनीले ग्रीसलाई थप ऋण दिनेबारे सहमतिको प्रयास गर्ने जनाएको छ । (एजेन्सी)

प्रकाशित : ४ श्रावण २०७२, सोमबार १२:०५