मेगा बैंकको मुनाफा ४३ प्रतिशतले वृद्धि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

मेगा बैंकको मुनाफा ४३ प्रतिशतले वृद्धि



काठमाडौ, २७ साउन । मेगा बैंक लिमिटेडले आर्थिक वर्ष २०७३/७४ को चौथो त्रैमास सम्ममा आईपुग्दा खुद मुनाफा ७९ करोड १४ लाख रुपैयाँ कमाउन सफल भएको छ । जुन अघिल्लो वर्षको सोहि अवधिको तुलनामा ४३ दशमलव ५५ प्रतिशतले वृद्धि गरेको हो । बैकले अघिल्लो वर्षको सोहि अवधिमा मुनाफा ५५ करोड १० लाख रुपैयाँ कमाएको थियो ।

४ अर्ब ५८ करोड २३ लाख रुपैयाँ चुक्ता पुँजी भएकाे  मेगा बैंकले जगेडाकोषमा १ अर्ब २८ करोड १४ लाख रुपैयाँ राखेको छ । हाल सहितको चुक्ता पुँजीको आधारमा अहिलेको खुद मुनाफाबाट १४ प्रतिशत लाभांश दिनसक्ने क्षमता रहेको छ ।
बैंकले निक्षेपमा २६ दशमलव ६६ प्रतिशतले वृद्धि गरी ३८ अर्ब ९३ करोड ६८ लाख रुपैयाँ संकलन गरी कर्जामा ३४ अर्ब ५९ करोड ७८ लाख रुपैयाँ लगानी गरेको छ । जुन गत वर्षको तुलना भन्दा २५ दशमलव ९२ प्रतिशतले वृद्धि हो । बैंकको खुद व्याज आम्दानी ५३ दशमलव १५ प्रतिशतले बढेर १ अर्ब ७२ करोड ३७ लाख रुपैयाँ पुगेको छ । त्यस्तै संचालन मुनाफा ६४ दशमलव ८६ प्रतिशतले बढेर १ अर्ब १८ करोड ७६ लाख रुपैयाँ पुगेको छ । बैंकले प्रोभिजनमा १७ करोड ८८ लाख रुपैयाँ राखेको छ भने खराब कर्जा ३ करोड ५९ लाख रुपैयाँ उठाएको छ ।

बैंकको निष्कृय कर्जामा १ दशमलव ३६ प्रतिशत रहेको छ भने पूँजीकोष अनुपात १४ दशमलव ८७ प्रतिशत रहेको छ ।
बैंकको प्रतिशेयर आम्दानी १७ दशमलव २७ रुपैयाँ, मुल्य आम्दानीको अनुपात २६ दशमलव ५२ गुणा, प्रतिशेयर नेटवर्थ १ सय २७ दशमलव ९७ रुपैयाँ र तरलता अनुपात २३ दशमलव ८९ प्रतिशत रहेको छ ।

प्रकाशित : २७ श्रावण २०७४, शुक्रबार १२:१९