सोमबारसम्म निरन्तर वर्षा : देशका ८ स्थानमा उच्च जोखिमको साइरन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सोमबारसम्म निरन्तर वर्षा : देशका ८ स्थानमा उच्च जोखिमको साइरन



काठमाडौं। महिनादेखि कम्जोर बनेको मनसुन बिहीबार दिउँसो २:१० बाट सक्रिय हुँदा देशभर बर्षा भएको छ । दुई दिनदेखिको वर्षाले पूर्वी र मध्य क्षेत्रका बबई र पश्चिम सेती नदीको १२ स्थानमा उच्च खतराको साइरन बजेको खबर आजको अन्नपूर्ण पोस्टमा छापिएको छ ।

मनसूनी न्यून चापीय रेखा अहिले नेपालको पहाडी क्षेत्र नजिकै रहेको र न्यूनचापीय प्रणाली मध्य तथा आसपासको भागहरुमा विद्यमान रहेको छ । यसले मनसूनी गतिविधि सक्रिय हुदाँ अझै केही दिन बर्षा हुने अनुमान विभागले गरेको छ ।

देशका अधिकांश स्थानमा बिहीबारदेखि भारी वर्षा भइ रहेको छ । शनिबार र आइतबार पनि मनसुनी वर्षाको गतिविधि देश भरिनै सक्रिय हुदाँ भारी वर्षा हुने सम्भावना रहेको विभागको पूर्वानुमान छ ।

जल तथा मौसम पुर्वनुमान महाशाखा एयरपोर्टका मौसमविद सुवास रिमालका अनुसार मध्य र पुर्वी क्षेत्रमा मनसुन सकृय भएको छ । आइतबारदेखि मध्य र पश्चिम क्षेत्रमा सकृय हुने भए पनि सोमबार देखि मौसम सुधार आउने बताए ।

आइतबार देशभर मनसुन सक्रिय भए पनि पुर्वमा कम्जोर हुने तर तुलनात्मक रुपमा मनसुन कम्जोर बन्दै जाने रिमालले बताए । शनिबार यस बर्षकै उच्च पानी परेको छ । सिमरामा दुई सय १७, जनकपुरमा एक सय ३७, दाङा एक सय ६७, नेपालगन्जमा एक सय ६९ मिलिमिटर पानी परेको छ ।

प्रकाशित : २९ श्रावण २०७४, आईतवार ०८:३४