११ दशमलव ४ अंकले ओरालो लाग्यो नेप्से « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

११ दशमलव ४ अंकले ओरालो लाग्यो नेप्से



काठमाडौँ । कारोबार को पहिलो दिन आज आइतबार नेप्से ११ दशमलव ४ अंकले ओरालो लागेको छ। आइतबार कारोबारमा आएका धेरै जसतो समुहले गुमाएका छन् । आइतबार कारोबारमा आएका १६० कम्पनीको १९ लाख ६० हजार ६ सय ११ कित्ता सेयर बाट ८० करोड १८ लाख ३२ हजार १६ रुपैयाको कारोबार भएको छ ।

आइतबार इन्स्योरेन्स समुहले सबै भन्दा धेरैै गुमाएको छ। आइतबार इन्स्योरेन्स समुह १०४ दशमलव ३७ अंकले ओरालो लागेको छ । आइतबार होटल समुह ५४ दशमलव ५८ अंकले, जलविधुत समुह २१ दशमलव ८२ अंकले, विकास बैँक समुह १८ दशमलव ५१ अंकले, बैक समुह ९ दशमलव १६ अंकले र अन्य समुह ० दशमलव ८६ अंकले ओरालो लागेको छ।

आइतबार उतपादनमुलक समुह र फाइनान्स समुह भने उकाले लागेको छ । आइतबार उतपादनमुलक समुह १६ दशमलव २९ अंकले र फाइनान्स समुह ८ दशमलव ५४ अंकले उकाले लागेको छ ।

प्रकाशित : २९ श्रावण २०७४, आईतवार १५:१८