संसारका ६ अर्बपतिः किसान देखि कन्डम व्यापारी सम्म « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

कर्पोरेट

संसारका ६ अर्बपतिः किसान देखि कन्डम व्यापारी सम्म



अर्बपतिकाहरु सफलताका धेरै कथाहरु तपाईले सुन्नु र पढ्नु भएको होला । तर कुनै किसान संसारको अर्ब पतिमा कहलिएको बिरलै सुन्नु भएको होला । किनभने तपाई हामीले खेतीकिसानीलाई कमाई गर्ने माध्यमको रुपमा स्विकार गर्न सकेको छैनाै । संसारमा यस्ता पनि किसान छन ति खेती गरेर नै अर्बपति समुहमा नाम कहलिएका छन । तपाईलाई हामी यहाँ संसारका ६ अर्बपतिको बारेमा जानकारी दिदैछाैँ तिनीहरु खेति किसानी र कन्डम बेचेर अर्बपति बन्न पुगे ।

सबै भन्दा धनी किसान

चीन खेतीमा नयाँ प्रयोग गर्नेमा कहलिएकाे छ । चीनका लियू योंगाउ सालाना 4.2 अर्ब डलर कमाएर दुनिका सबै भन्दा धनी किसानमा उभिएका छन । लियूले कुनै बेला सरकारी जागिर खान्थे त्यस पछि उनले खेतीमा हात हालै । लियूले १५० डलरबाट गरेको खेतीको सुरुवाती लगानी कुखुरापालनबाट गरेका थिए । उनि अहिले अर्बाैका मालिक छन । चीनबाहेक लियूको व्यापार अष्ट्रेलियामा पनि छ ।

सोयबीन उमार्ने अर्बपति किसान

अमेिरकी निवासी हैरी स्टाइन संसारका दाेस्रो धनी किसान हुन । फोब्स पत्रिकाका अनुसार उनको सम्पतीको अाकलन २२ ७८० करोड भारु गरिएकाे छ । उनले १० हजार एकडमा सोयबिन लगाएका छन । यसको अलबा उनले हाब्रिड बिउको समेत तयार गरि दुनियामा निर्यात गर्छन ।

नाम म्यागी, उमार्ने सोयाबीन

ब्राजिलका ब्लैरो मैगी पनि सोयबिन उत्पादन गर्छन । उनि ब्राजिलका संसद र कृषि मन्त्री समेत भै सकेका छन । उनले करिब ४ लाख हेक्टर जमीनमा खेती गरेका छन । उनको कुल सम्पती ७७५० भारु अाकलन गरिएकाे छ । उनको सोयाबीनको मुख्य खरिदकर्ता चीन हो । चीनले ९०को दशक देखी प्रत्यक्ष रुपमा सोयबीन अायत गर्दै अाएको छ ।

दुइ हजार गाई अर्बको मुनाफा

कँगारुको स्थान अस्ट्रेलियाका निवासी टेनी पेरिचले ५०को दशकमा अाफ्नो डेरीको सुरुवात गरेका थिए । सुरुवातमा उनिसंग २५ वटा मात्रै गाई थिए । तर अहिले यो बढेर २००० पुगेका छन । डेरी फार्म बाहेक उनिसंग ११००० हेक्टर कृषि योग्य जमिन छ त्यो मध्ये अधिकतम हिस्सा गाई चराउनलाई प्रयोग हुन्छ । उनको कुल सम्पती ५१५९ करोड भारु रहेको छ ।

अर्बपति बिजनेस म्यानका अर्बपति किसान छाेरा

वारेन बफेटको नाम संसारमा धनि व्यक्तीमा उल्लेख छ । एक समय बिलग्ट्सलाई छाडेर सबै भन्दा धनी व्यक्तीको नाममा सुचीकृत भएका थिए । बफेटका छाेरा हाँवर्ड बफेट अाफ्नो पिता भन्दा अलग तर किसान हुन । फोब्स पत्रिकाले उनको कुल सम्पति १२४० करोड भारु रहेको बताएको छ । हावर्ड मुख्य रुपमा सोयबीन र मकैको खेती गर्छन ।

कारोबार यस्तो जो सुन्दा हल्का लाज लाग्छ

चीनमा एक यस्ता धनी छन उनि न किसान हुन न कुनै डेरी उधोग संग जोडिएका छन। चीनका ति उधोगपति हुन गो मियाहकेट । उनि कन्डमका मालिक हुन । उनको यो कम्पनीले करिब ५०० करोड कन्डम उत्पादन गरेर निर्यात गर्छ । उनको कम्पनीको नेटवर्थ करिब ६१२ करोड भारु रहेको छ ।

प्रकाशित : २९ श्रावण २०७४, आईतवार १६:३७