यस कारण लगानीकर्तालाई उत्साहित बनाएन स्ट्याण्डर्ड चार्टर्डले « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

यस कारण लगानीकर्तालाई उत्साहित बनाएन स्ट्याण्डर्ड चार्टर्डले



काठमाडाै । नेपाली सेयर बजारको हटकेक स्ट्याण्डर्ड चार्टर्ड बैंकले लगानीकर्तालाई उत्साहित बनाउन सकेन । यो बैंकले आर्थिक वर्ष २०७३/७४ मा १ अर्ब ३८ करोड मात्र खूद नाफा आर्जन गर्यो भने इपीएसमा समेत पहिरो गयो । पूँजी बढ्दा समेत कतिपय बैंकले इपीएसलाई सन्तुलनमा राख्न सके पनि स्ट्याण्डर्ड चार्टर्ड भने यो बिषयमा असक्षम साबित भयो ।

अघिल्लो वर्षको यही अवधिमा यो बैंकको नाफा १ अर्ब २९ करोड थियो । एफपीओ बिक्रीबाट प्राप्त प्रिमियम रकमका कारण जगेडा कोषको आकारमा झण्डै २ गुणाले बढेको छ । अघिल्लो वर्ष ४ अर्ब ७६ करोड रुपैयाँ रहेको जगेडा कोषमा ८ अर्ब १५ करोड रुपैयाँ पुुगेको छ । समीक्षा अवधिमा बैंकको चुक्तापूँजी ४ अर्ब ५७ लाख रुपैयाँ रहेको छ । यो बैंक ८ अर्ब चुक्तापूँजी पुर्याउन आवश्यक रकम बोनस सेयरबाट जुटाउने सुविधाजनक अवस्थामा छ ।

व्यवसाय बिस्तारका कारण १ अर्ब ८४ करोडमा सीमित खूद ब्याज आम्दानी २ अर्ब १९ करोडको उचाईमा पुुगेको छ । १ अर्ब ७० करोडमा रहेको संचालन मुनाफा १ अर्ब ९२ करोडको उचाईमा पुुगेको छ । बैंकले यसअघि नोक्सानबापत राखेको २२ करोड ९९ लाख फिर्ता ल्याएको छ ।

यो अवधिमा बैंकले ६३ अर्ब ८७ करोड निक्षेप संकलन गरी ३९ अर्ब २० करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष ५५ अर्ब ७२ करोड निक्षेप संकलन गरी ३ अर्ब १६ करोड कर्जा परिचालन गरेको छ ।

स्ट्याण्डर्ड चार्टर्डको समीक्षा अवधिमा ०.३२ प्रतिशतको खराब कर्जा घटेर ०.१९ प्रतिशतको अनुपातमा झरेको छ । यो अवधिमा प्रतिसेयर आम्दानी ३४.५० रुपैयाँ, प्रतिसेयर नेटवर्थ ३०३.६८ रुपैयाँ, मूल्य आम्दानी अनुपात ६६.५२ गुणा कायम भएको छ । २ अर्ब ८१ करोड पूँजी रहँदा ४५.९६ रुपैयाँ रहेको इपीएस ४ अर्ब पूँजी हुँदा घटेर ३४.५० रुपैयाँमा झर्नुले लगानीकर्तालाई निराश बनाएको छ ।

प्रकाशित : ३० श्रावण २०७४, सोमबार ११:५७