नेपाल बैंकको मुनाफा ११ प्रतिशतले वृद्धि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

नेपाल बैंकको मुनाफा ११ प्रतिशतले वृद्धि



काठमाडौ । नेपाल बैंक लिमिटेडले आर्थिक वर्ष २०७३/७४ को चौथो त्रैमास सम्ममा आईपुग्दा खुद मुनाफा ३ अर्ब २१ करोड ९५ लाख रुपैयाँ कमाएको छ जुन गत वर्षको सोहि अवधिको तुलनाभन्दा ११ दशमलव ६९ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो बर्षको सोहि अवधिमा बैकले २ अर्ब ८८ करोड २९ लाख रुपैयाँ मात्र कमाएको थियो ।

८ अर्ब ४ करोड २६ लाख रुपैयाँ चुक्ता पूँजी भएको बैंकले जगेडा कोषमा ३ अर्ब ५१ करोड ७ लाख रुपैयाँ राखेको छ । बैंकको निक्षेपमा ९३ अर्ब ९४ करोड ४० लाख रुपैयाँ संकलन गरी कर्जामा ७४ अर्ब ३७ करोड २८ लाख रुपैयाँ लगानी गरेको छ । बैंकको खुद व्याज आम्दानी २६ दशमलव ६६ प्रतिशतले बढेर ५ अर्ब ८३ करोड ३९ लाख रुपैयाँ पुगेको छ । त्यस्तै संचालन मुनाफा ६४ दशमलव ८१ प्रतिशतले बढेर ३ अर्ब २० करोड ९८ लाख रुपैयाँ पुगेको छ । जसले गर्दा खुद मुनाफामा पनि वृद्धि देखिएको हो । यस त्रैमासमा बैंकले जोखिम व्यवस्थापन कोषमा ५० करोड २ लाख रुपैंया छुट्याएको छ भने २५ करोड १३ लाख रुपैंया खराब कर्जाबाट उठाएको छ ।

बैंकको निस्क्रिय कर्जा शुन्य दशमलब ०६ प्रतिशतले बढेर ३ दशमलब १७ प्रतिशत रहेको छ भने पूँजीकोष अनुपात ५ दशमलब ४१ प्रतिशतले बढेर १५ दशमलब ६१ प्रतिशत रहेको छ ।

बैंंकको प्रतिशेयर आम्दानी ४० दशमलव ०३ रुपैयाँ, मुल्य आम्दानीको अनुपात ९ दशमलव ०९ गुणा, प्रतिशेयर नेटवर्थ १ सय ४३ दशमलव ६५ रुपैयाँ र तरलता अनुपात २९ दशमलव ८९ प्रतिशत रहेको छ ।

प्रकाशित : ३० श्रावण २०७४, सोमबार १२:५८