बेवक्याम फोटो खिच्न मात्र होइन यो कामका लागि पनि प्रयोग गर्नस् « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

बेवक्याम फोटो खिच्न मात्र होइन यो कामका लागि पनि प्रयोग गर्नस्



एजेन्सी । ल्यापटप वा कम्प्युटरमा प्रयोग गरिने मुख्य अंगका रूपमा आजकल बेवक्यामलाई समेत लिन थालिएको छ । हामी प्राय च्याटिङ गर्न र आफ्ना तस्विरहरू लिनका लागी बेवक्यामको प्रयोग बढी गर्ने गर्छौ । हामीले अन्य कामका लागी बेवक्यामको त्यति धेरै प्रयोग गर्ने गर्दैनौ । तर,बेवक्यामको प्रयोगले तपाईले धेरै कामहरू गर्न सक्नुहुन्छ । यसबाट तपाईले गेम खेल्न, रमाईला इफेक्टको प्रयोग गरेर तस्विर खिच्न, घरको सुरक्षा गर्न समेत सक्नुहुन्छ ।

थाहा पाऔ अन्य के-के काम गर्न सकिन्छ बेवक्यामबाट… बेवक्यामको सबैभन्दा राम्रो सुविधा भनेको घरको सुविधाका लागी प्रयोग गर्नु हो । बेवक्यामको प्रयोगले चलचित्रहरूमा घटनाहरूलाई कैद गरिएको त तपाइले देख्नु भएकै होला? तपाईले पनि सामान्य सेटिङ मिलाउनुभयो भने घरको सुरक्षाका लागी बेवक्यामको प्रयोग गर्न सक्नुहुन्छ । यसका लागी बेवक्याम २ मेगापिक्सेलसम्मको हुनु जरूरी हुन्छ ।

सकेसम्म २ मेगपिक्सेलको बेवक्याम भयो भने भिडियो क्वालिटी पनि केहि राम्रो आउन सक्छ । बेवक्याम ल्यापटप या कम्युटरमा एक्टिभेट गरेपछी कम्प्युटरको मोशन सेन्सरलाई पनि एक्टिभेट गर्नुपर्ने हुन्छ । यदी यो सुविधा ल्यापटपमा छैन् भने यसका लागी सफ्टवेयरहरू पनि पाइन्छ । मोसन सेन्सर एक्टिभेट गरेपछी बेवक्यापको सेक्युरिटी सिस्टमलाई काम गर्ने बनाउनका लागी सफ्टवेयरको आवश्यकता पर्छ । यसका लागि Yawcam सफ्टवेयर राम्रो मानिन्छ ।

यो सफ्टवेयर डाउनलोड गर्नका लागि यसको आधिकारिक बेवसाइट www.yawcam.com मा गएर गर्न सकिन्छ । यदी यो सफ्टवेयरले काम नगरे Vitamin D को प्रयोग पनि गर्न सकिन्छ । यी सफ्टवेयर इन्स्टल भएपछि कम्प्युटरले काम सुरू गर्न थाल्छ । यसपछी बेवक्यामलाई आफ्नो सुविधाका हिसाबले प्रयोग गर्न सकिन्छ । यसमा भएको सेटिङको मद्धतले तपाईले लाईभ भिडियो रेकर्ड गर्न सक्नुहुनेछ र यसका साथै एउटा अलर्ट सिस्टमलाई पनि एक्टिभेट गर्न सकिन्छ ।

अलर्ट सिस्टमले तपाइलाई कुनै पनि घटनाप्रति अलर्ट गरिदिन्छ । यसका साथै एक निश्चित अन्तरालका लागी पनि सफ्टवेयरलाई त्यहाँ भइरहेको गतिविधी अध्ययन गर्ने हिसाबले प्रयोग गर्न सकिन्छ । यस्तै, बेवक्यामलाई आफ्नो ढोका तथा गेटमा राखेर सेटिङ गरिदिँदा पनि त्यहाँ भइरहने घटनालाइ कैद गर्न सकिन्छ । जसले घरको सुरक्षा गर्न मद्धत गर्छ ।

प्रकाशित : ३० श्रावण २०७४, सोमबार १४:४७