नेपाल लाइफद्धारा बाढी पहिरोबाट मृत्यु भएका बीमितको परिवारलाई दाबी रकम हस्तान्तरण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

नेपाल लाइफद्धारा बाढी पहिरोबाट मृत्यु भएका बीमितको परिवारलाई दाबी रकम हस्तान्तरण



काठमाडौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले केही दिनदेखिको अबिरल बर्षाका कारण गएको पहिरोमा परि असामयिक निधन हुनुभएका सिन्धुली जिल्ला, कमलामाई नगरपालिका वडा नं.६ बस्ने बिमित स्व.श्रीमती दुर्गा कुमारी खड्का का परिवारलाई रु.१०,३६,०००र( (अक्षरेपी दश लाख छत्तिस हजार) हस्तान्तरण गरेको छ ।

कम्पनीले मृत्यु दाबी भुक्तानीलाई सर्वसुलभ छिटो छरितो ढंगले सम्पन्न गरि आममानिसमा जीवन बीमा प्रति सकारात्मक धारणा निर्माण गर्ने प्रयास स्वरुप मिति २०७४।०४।२८ गते निधन भएको परिवारलाई २४घण्टा भित्रै मिति २०७४।०४।२९ गते नै उक्त रकम हस्तान्तरण गरिएको जनाएको छ  ।

उक्त मृत्यु दाबी रकम कम्पनीका सहायक प्रवन्धक श्री बिरोध भट्टले मृतकका श्रीमान उदय बहादुर खड्का लाई प्रदान गरेका थिए । स्व. बीमितले ५ लाख बिमांङ्कको जीवन बीमा बापत जम्मा रु.२४,३०४र( मात्र बीमाशूल्क बुझाएका थिए ।

प्रकाशित : ३० श्रावण २०७४, सोमबार १७:१८