आइएमएफलाई ग्रीसको ६ अर्ब « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

आइएमएफलाई ग्रीसको ६ अर्ब



एजेन्सी । ग्रीसले अन्तर्राष्ट्रिय मुद्रा कोष आइएमएफलाई ६ अर्ब यूरो तिरेको छ । आइएमएफले ग्रीसले २.०५ अर्ब यूरो बढी आफ्नो पुरानो बक्यौता चुक्ता गरेको बताएको छ । त्यसअलावा सोमबार ग्रीसले यूरोपीयन सेन्ट्रल बैंक इसीबीलाई ४.०२ अर्ब युरो तिरेको छ  । यो भुक्तानी थोरै समयका लागि यूरोपीयन युनियनबाट ७ बिलियन यूरो ऋण पाउने वित्तिकै भएको बताइएको छ ।

आर्थिक संकटबाट गुज्रिरहेको ग्रीसले अघिल्लो महिना आइएमएफलाई बक्यौक्ता तिर्न नसकेपछि फसादमा परेको थियो । तीन हप्ता सम्म बन्द रहेका ग्रीसका बैंकहरु सोमबार मात्रै खुलेका हुन् ।

बैंक खुल्ने वित्तिकै खातावालहरुको लाइन लाग्न सुरु भएको छ । बैंक खुलेपनि उपभोक्ताले एक हप्तामा मात्र ४ सय २० यूरो मात्र झिक्न पाउने छन् । शेयर बजार अझै बन्द रहेको ग्रीसमा विदेश पैंसा पठाउन नपाउने प्रतिबन्ध कायमै छ ।

ग्रीस संसदले हालै सम्झौताको शर्तअनुसार आवश्यक कानुन संशोधनको स्वीकृती प्रदान गरेको थियो । ग्रीसको आर्थिक राहत प्याकेज लिएर आउँदो हप्ता प्रधानमन्त्री एलेक्सिस सिप्रास नयाँ वार्ता शुरु गर्दैछन् । सिप्रासले क्याविनेटमा नियम संशोधनपछि बैंक खोल्ने फैसला गरेका हुन् ।

प्रकाशित : ५ श्रावण २०७२, मंगलवार ०२:५२