१२ दशमलव ९७ अंकले ओरालो लाग्यो नेप्से « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

१२ दशमलव ९७ अंकले ओरालो लाग्यो नेप्से



काठमाडौँ। मंगलबार नेप्से ओरालो लागेर बन्द भएको छ । मंगलबार नेप्से १२ दशमलव ९७ अंकले ओरालो लागेको छ । मंगलबार कारोबारमा आएका, होटल समुह बाहेक अरु सबै समुहले गुमाएका छन । मंगलबार कारोबारमा आएका १६० कमपनीको १६ लाख १५ हजार ७ सय ३८ कित्ता सेयर बाट ७८ करोड ३६ लाख ७ हजार ४ सय ८ रुपैयाको कारोबार भएको छ।

मंगलबारसबै भन्दा धेरै इन्स्योरेन्स समुहले गुमाएको छ। मंगलबार इन्स्योरेन्स समुह ८८ दशमलव ७६ अंकले ओरालो लागेको छ । मंगलबार उतपादनमुलक समुह २८ दशमलव ३४ अंकले, जलविधुत समुह २४ दशमलव ४९ अंकले, विकास बैँक समुह १३ दशमलव ७४ अंकले, बैँक समुह १० दशमलव ८६ अंकले,अन्य समुह ५ दशमलव ७९ अंकल र फाइनान्स समुह ३ दशमलव ९६ अंकले ओरालो लागेको छ।
मंगलबार होटल समुह भने उकालो लागेको छ। मंगलबार होटल समुह ३ दशमलव २ अंकले उकालो लागेको छ ।

प्रकाशित : ३१ श्रावण २०७४, मंगलवार १५:१९