मार्जिन लेण्डिङमा कडाई « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

मार्जिन लेण्डिङमा कडाई



काठमाडौं । नेपाल राष्ट्र बैंकले सेयरधितो कर्जा (मार्जिन लेण्डिङ) मा कडाई गरेको छ । राष्ट्र बैंकले मंगलबार एकिकृत निर्देशन सार्वजनिक गर्दे सेयर कर्जा सीमा घटाएको छ । नयाँ व्यवस्थाअनुसार बैंक तथा वित्तीय संस्थाले प्राथमिक पुँजी (कोर क्यापिटल) को ४० प्रतिशत मात्र सेयरमा लगानी गर्न पाउने छन् । यसअघि प्राथमिक पुँजी बराबर सेयरमा लगानी गर्न पाउने व्यवस्था थियो ।


एउटा सूचिकृत कम्पनीको सेयरको हकमा आफनो प्राथमिक पुँजीको १० प्रतिशत भन्दा ननाघने गरी मात्र कर्जा प्रवाह गर्न राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ ।

प्रकाशित : ३१ श्रावण २०७४, मंगलवार २१:५१