नेपाल टेलिकमले कमायो १५ अर्ब « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

प्रविधी

नेपाल टेलिकमले कमायो १५ अर्ब



काठमाडौं। नेपाल टेलिकम कम्पनी लिमिटेड (Nepal Doorsanchar Company Ltd.) ले आर्थिक वर्षको चौथो त्रैमासमा खुद मुनाफा १५ अर्ब १ करोड ६८ लाख रुपैयाँ कमाएको छ, जुन गत वर्षको तुलनाभन्दा १५ दशमलव ३८ प्रतिशतले बढेको हो । अघिल्लो वर्षको सोहि अवधिमा नाफा १३ अर्ब ६८ करोड ११ लाख रुपैयाँ कमाएको थियो ।

१५ अर्ब चुक्ता पूँजी भएको नेपाल टेलिकमले जगेडाकोषमा ७८ अर्ब ६ करोड ८८ लाख रुपैयाँ छुटाएको छ । कम्पनीको जम्मा आम्दानी १ दशमलव ४० प्रतिशतले बढेर ४४ अर्ब ८३ करोड १० लाख रुपैयाँ पुगेको छ भने खर्च ४ प्रतिशतले घटेर २४ अर्ब ३६ करोड ७१ लाख रुपैयाँ पुगेको छ ।

नेपाल टेलिकम कम्पनी (NTC) को प्रतिशेयर आम्दानी १ सय दशमलव ११ रुपैयाँ, मूल्य आम्दानीको अनुपात ६ दशमलव ७४ गुणा र प्रतिशेयर नेटवर्थ ६ सय २० दशमलव ४६ रुपैयाँ रहेको छ ।

प्रकाशित : ३२ श्रावण २०७४, बुधबार १०:५८