समीट माईक्रोफाइनान्सले शतप्रतिशत हकप्रद शेयर दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

समीट माईक्रोफाइनान्सले शतप्रतिशत हकप्रद शेयर दिने



काठमाडौं । समीट माईक्रोफाइनान्स डेभलपमेण्ट बैंक लिमिटेडले लगानीकर्तालाई शतप्रतिशत हकप्रद शेयर दिने भएको छ । उक्त हकप्रदको लागि भदौ ९ गते शेयरधनी पुस्तिका बन्द रहने भएको छ । तसर्थ भदौ ८ गतेसम्म कम्पनीको शेयर सुरक्षित गर्ने लगानीकर्ताले मात्र शतप्रतिशत हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् ।

कम्पनीले सय रुपैयाँ अंकित मूल्यमा सात करोड २५ लाख रुपैयाँको, सात लाख २५ हजार कित्ता शेयर निष्काशन गर्न लागेको छ । कम्पनीको शेयरलाई इक्रा नेपालले ग्रेड फोरप्लस रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको अवस्था तुलनात्मक रुपमा सकारात्मक रहेको जनाउँछ ।

कम्पनीले शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटललाई यसअघि नै नियुक्त गरेको छ ।

प्रकाशित : ३२ श्रावण २०७४, बुधबार ११:२९