दुई करोड ९४ लाख रुपैयाँ बराबरको आइपिओ अाउँदै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

दुई करोड ९४ लाख रुपैयाँ बराबरको आइपिओ अाउँदै



काठमाडौ । आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले दुई करोड ९४ लाख रुपैयाँ बराबरको आइपिओ जारी गर्ने भएको छ । जसका लागि कम्पनीले एन आई सी एशिया क्यापिटल लिमिटेडलाई शेयर निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । कम्पनीले एक सय रुपैयाँ अंकित दरले कम्पनीका कर्मचारी समेतलाई गरी २ लाख ९४ हजार कित्ता साधारण शेयर निष्कासन गर्ने भएको हो ।

सेयर निष्कासन सम्बन्धि सम्झौतामा मंगलवार आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विनोद आचार्य र एन आई सी एसिया क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनालले हस्ताक्षर गरे ।

नेपाल राष्ट्र बैंकबाट “घ“ वर्गको इजाजत प्राप्त आरम्भ माइक्रो माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको मुख्यालय बनेपा–१०, काभ्रेपलाञ्चोकमा रहेको छ । विगत २ वर्ष देखि सो संस्थाले नेपालका १५ पहाडी जिल्लामा वित्तीय सेवा दिदै आएको छ ।

प्रकाशित : ३२ श्रावण २०७४, बुधबार ११:२२