टुरिजम डेभलपमेन्ट बैंकको मुनाफा ६७ प्रतिशतले वृद्धि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

टुरिजम डेभलपमेन्ट बैंकको मुनाफा ६७ प्रतिशतले वृद्धि



काठमाडौं। टुरिजम् डेभलपमेन्ट बैंक लिमिटेडले चौथो त्रैमासमा खुद मुनाफा ६७ दशमलव ८९ प्रतिशतले वृद्धि गरी ३१ करोड ९१ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षको सोहि अवधिमा १९ करोड ८ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।

२ अर्ब चुक्ता पूँजी भएको बैंकले जगेडाकोषमा ५३ करोड ३६ लाख रुपैयाँ राखेको छ । निक्षेपमा ४८ दशमलव ५३ प्रतिशतले वृद्धि गरी १२ अर्ब २७ करोड ८७ लाख रुपैयाँ संकलन गरी कर्जामा १० अर्ब ८४ करोड ६० लाख रुपैयाँ लगानी गरेको छ । बैंकको खुद व्याज आम्दानी ५८ दशमलव ७४ प्रतिशतले बढेर ५८ करोड १७ लाख रुपैयाँ आर्जन गरेको छ भने सञ्चालन मुनाफ ७९ दशमलव ७५ प्रतिशतले बढेर ४४ करोड ४८ लाख रुपैयाँ पुगेको छ ।

बैंककाे निष्कृय कर्जा शुन्य दशमलव ७८ प्रतिशत, पूँजीकोष अनुपात २१ दशमलव २४ प्रतिशत, प्रतिशेयर आम्दानी वार्षिक १७ दशमलव ४३ रुपैयाँ, मुल्य आम्दानीको अनुपात २४ दशमलव ५० गुणा, प्रतिशेयर नेटवर्थ १ सय ३८ दशमलव ४८ रुपैयाँ र तरलता अनुपात ३१ दशमलव ४७ प्रतिशत रहेको छ ।

प्रकाशित : ३२ श्रावण २०७४, बुधबार १३:१२