
श्रमिकको हक मात्रै मौलिक हकमा समावेश गरेकोमा पनि सिएनआईले असन्तुष्टि जनाएको छ । त्यस्तै श्रमिकलाई उद्योगको व्यवस्थापनमा सहभागि गराउने व्यवस्था नराख्न सिएनआईले सुझाव दिएको छ ।
निजी लगानीका उद्योगलाई राष्ट्रियकरण नगर्ने, उद्योग प्रतिष्ठानको सञ्चालन तथा व्यवस्थापमा अवरोध गर्न नपाउने, करदातालाई दोहोरो करको भार नपर्ने व्यवस्था गर्ने जस्ता प्रावधान संविधानमै राख्न पनि सिएनआईले सुझाव दिएको छ ।
करको व्यवस्था पनि संविधानमै स्पष्ट गर्न पनि सिएनआईले आग्रह गरेको छ ।
संविधानमा सम्पत्तिको अधिकार पनि स्पष्ट गर्न सिएनआईले आग्रह गरेको छ ।
प्रत्यक नागरिकलाई कानुनको अधिनमा रहि सम्पत्ति आर्जन गर्ने, भोग चलन गर्ने, उद्योग व्यापारमा लगानी गर्ने, लगानीबाट मुनाफा आर्जन गर्ने, विदेशी लगानीमा भएको मुनाफा फिर्ता लैजाने जस्ता हक संविधानमा सुरक्षित गर्न परिसंघले आग्रह गरेको छ ।
Comment