३ दशमलव ५ अंकले उकालो लाग्यो नेप्से « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

३ दशमलव ५ अंकले उकालो लाग्यो नेप्से



काठमाडौँ । बुधबार नेप्से ३ दशमलव ५ अंकले उकालो लागेको छ । बुधबार कारोबारमा आएका १५८ कमपनीको १६ लाख ४२ हजार ४३ कित्ता सेयर बाट ७० करोड ८७ लाख ७९ हजार ५३ रुपैयाको कारोबार भएको छ। बुधबार जलविधुत, फाइनान्स र उतपादनमुलक समुह बाहेक अरु सबै समुहले कमाएका छन् ।

बुधबार इन्स्योरेन्स समुहले सबै भन्दा धेरै कमाएको छ । बुधबार इन्स्योरेन्स समुह ७५ दशमलव ७८ अंकले उकालो लागेको छ । बुधबार होटल समुह ७ दशमलव ५५ अंकले, विकास बैँक समुह ३ दशमलव २ अंकले, बैँक समुह २ दशमलव ९६ अंकले र अन्य समुह २ दशमलव ०३ अंकले उकालो लागेको छ।

बुधबार सबै भन्दा धेरै उतपादनमुलक समुहले गुमाएको छ। बुधबार उतपादनमुलक समुह ५३ दशमलव १५ अंकले ओरालो लागेको छ । बुधबार जलविधुत समुह ८ दशमलव ५५ अंकले र फाइनान्स समुह ३ दशमलव ०१ अंकले ओरालो लागेको छ।

प्रकाशित : ३२ श्रावण २०७४, बुधबार १५:२३