अरुण भ्याली हाइड्रोले १० प्रतिशत बोनस दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

अरुण भ्याली हाइड्रोले १० प्रतिशत बोनस दिने



काठमाडौं। अरुण भ्याली हाइड्रो पावर कम्पनी लिमिटेडले लगानीकर्तालाई १० प्रतिशत बोनस शेयर दिने भएको छ ।

कम्पनीको साउन ३२ मा बसेको सञ्चालक समितिको बैठकले १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शुन्य दशमलव ५२६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

कम्पनी सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको उक्त लाभांश बैंकको साधारण सभाले पारित गरेपछि र नियामक निकायले स्वीकृत प्रदान गरेपश्चात मात्रै लगानीकर्तालाई वितरण हुनेछ ।

प्रकाशित : १ भाद्र २०७४, बिहीबार १२:११