२ दशमलव ९१ अंकले ओरालो लाग्यो नेप्से « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

२ दशमलव ९१ अंकले ओरालो लाग्यो नेप्से



काठमाडौँ । कारोबारको अन्तिम दिन आज बिहिबार नेप्से ओरालो लागेर बन्द भएको छ । बिहिबार नेप्से २ दशमलव ९१ अंकले ओरालो लागेको छ। बिहिबार कारोबारमा आएका धेरै जस्ता समुहले गुमाएका छन् । बिहिबार कारोबारमा आएका १६६ कमपनी को ३२ लाख १५ हजार १ सय २८ कित्ता सेयर बाट ७५ करोड ७० लाख १७ हजार ७ सय ६८ रुपैयको कारोबार भएको छ ।
बिहिबार सबैभन्दा धेरै उतपादनमुलक समुहले गुमाएको छ। बिहिबार उतपादनमुलक समुह ५९ अंकले ओरालो लागेको छ। बिहिबार इन्स्योरेन्स समुह ३८ दशमलव १५ अंकले ,होटल समुह ८ दशमलव ०२ अंकले, विकास बैँक ५ दशमलव ०५ अंकले,अन्य समुह ४ दशमलव ३४ अंकले र फाइनान्स समुह ० दशमलव ४८ अंकले ओरालो लागेको छ।
बिहिबार बैँक र जलविधुत समुह भने उकालो लागेको छ । बिहिबार जलविधुत समुह ३ दशमलव ५३ अंकले र बैँक समुह ० दशमलव ५२ अंकले उकालो लागेको छ ।

प्रकाशित : १ भाद्र २०७४, बिहीबार १५:२०