बाढी–पहिरो पीडितलाई ग्लोबल आइएमई बैंकद्वारा सहयोग « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

बाढी–पहिरो पीडितलाई ग्लोबल आइएमई बैंकद्वारा सहयोग



काठमाडौं  । ग्लोबल आइएमई बैंक (Global IME Bank Limited) ले बाढी–पहिरो पीडितलाई तत्काल राहत पु¥याउनका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्घार कोषमा ६५ लाख रुपैयाँ हस्तान्तरण गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा शुक्रबार ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्दप्रसाद्र ढकालले उक्त रकमको चेक प्रधानमन्त्री शेरबहादुर देउवालाई हस्तान्तरण गर्नुभएको थियो ।

कुल रकम मध्ये बैंकले आफ्नो तर्फबाट ५१ लाख तथा बैंकमा कार्यरत सम्पूर्ण कर्मचाररुको १ दिनको तलब बराबर हुन आउने १४ लाख रुपैयाँ गरी ६५ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्घार कोषमा प्रदान गरिएको हो । उक्त कार्यक्रममा ग्लोबल आइएमर्ई बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल ज्ञवाली, वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याललगायतको उपस्थिति रहेको थियो ।

अध्यक्ष ढकालले विगतमा पनि बैंकले आफ्नो सामाजिक उत्तरदायित्व वहन गर्दै मुलुकमा विभिन्न समयमा आइपरेका प्राकृतिक प्रकोपमा सहयोग प्रदान गरेको स्मरण गराउँदै अहिले पनि मुलुकमा आइपरेको विपत्तिको सामना गर्न सरकारलाई सहयोग गरेको जानकारी दिनुभयो । उहाँले भविष्यमा पनि देशमा आइपरेका यस्ता विभिन्न विपत्तिहरुबाट पीडितहरुको सहयोगार्थ बैंक सधैं तत्पर रहिरहने प्रतिबद्धता जाहेर गर्नुभयो ।

बाढी–पहिरो पीडित व्यक्तिका लागि आर्थिक सहयोग उपलब्ध गराउन चाहने महानुभावले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष, सिंहदरबार को नाममा यस ग्लोबल आइएमई बैंकको ज्ञानेश्वर शाखामा खोलिएको खाता नम्बर ०४११०१००००००५ मा बैकका सम्पूर्ण शाखाहरुबाट रकम जम्मा गर्न सकिने व्यवस्था गरिएको बैंकले जनाएको छ ।

प्रकाशित : २ भाद्र २०७४, शुक्रबार १२:४२