सेजनको वार्षिक साधारणसभा भदौ ११ मा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सेजनको वार्षिक साधारणसभा भदौ ११ मा



काठमाडौं । नेपाल आर्थिक पत्रकार समाज (सेजन)को वार्षिक साधारणसभा भदौ ११ गते शुक्रबार बस्ने भएको छ । सेजनको मंगलबार बसेको कार्यसमिति बैठकले भदौ ११ गते साधारणसभा गर्ने निर्णय गरेको हो । सेजनले साधरण सदस्यहरुको सदस्यता नवीकरण भदौ ५ गते भित्र गरिसक्न पनि आग्रह गरेको छ । आगामी साधारणसभाले नयाँ नेतृत्व चयन गर्ने भएकाले सदस्यको दाबी विरोधका लागि ८ र ९ गतेको समयावधि तोक्ने निर्णय पनि मंगलबारको बैठकले गरेको छ ।

सेजनले भदौ १० गते मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने जनाएको छ । सेजनले निर्वाचन प्रयोजनाका लागि नेपाल पत्रकार महासंघका पूर्वसभापति सुरेश आचार्यको संयोजकत्वमा कानुन व्यवसायी कृष्णप्रसाद पनेरु र नेपाल पत्रकार महासंघका महासचिव उजिर मगर रहेको निर्वाचन समिति गठन पनि गरेको छ ।

प्रकाशित : ५ श्रावण २०७२, मंगलवार १५:५३