बाढी पिडीतलाई सिटिजन्स बैंकको एघार लाख अार्थिक सहयोग « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

बाढी पिडीतलाई सिटिजन्स बैंकको एघार लाख अार्थिक सहयोग



 काठमाण्डौ ।सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशको विभिन्न भागमा हालै गएको बाढीका पिडीतहरुलाई सहयोग गर्ने उद्देश्यले रु. एघार लाखको आर्थिक सहायता प्रधानमंत्री दैवी प्रकोप उद्घार कोषमा प्रदान गर्ने निर्णय गरेको छ । यस अघि पनि बैंकले महाभूकम्पका पिडितहरुलाई आर्थिक सहयोग स्वरुप रु. एक करोड सो कोषमा प्रदान गरेको थियो ।

 बैंकले प्रधानमंत्री दैवी प्रकोप उद्घार कोषमा रकम संकलन गर्ने प्रयोजनका लागि बैंकमा ००१०००२५६२ ऋब् खाता खोली सकेको हुदां बैंकका कर्मचारीहरु ,सम्पूर्ण स्वदेशी तथा विदेशी व्यक्ति, संघ संस्था, व्यवसायिक र्फम, एजेन्सी समेतलाई आफ्नो स्वेच्छाले उक्त खातामा रकम जम्मा गरि आर्थिक सहयोग गरिदिन हुन अनुरोध गरेको छ । यस विपत घडिमा आफ्नो आफन्त गुमाएका पिडितहरु प्रति बैंकले समवेदना प्रकट गरेको छ । साथै बैंकले यस्ता सहयोगी कार्यहरुलाई आगामि दिनहरुमा पनि निरन्तरता दिने अठोट व्यक्त गरेको छ

प्रकाशित : २ भाद्र २०७४, शुक्रबार १३:११