ओमलाई हकप्रद निष्काशनको अनुमति « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

ओमलाई हकप्रद निष्काशनको अनुमति



काठमाडौं । ओम डेभलपमेन्ट बैंकलाई १० बराबर ३ अर्थात ३० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न धितोपत्र बोर्डले अनुमति दिएको छ ।

बैंकको हालको चुक्ता पुँजी १ अर्ब ६४ करोड ३९ लाखको ३० प्रतिशतले हुने आउने ४९ करोड ३१ लाख बराबर रकमको हकप्रद सेयर जारी गरेपछि २ अर्ब १३ करोड पुग्ने छ ।

बैंकले गतवर्षको नाफाबाट २५ प्रतिशत बोनस सेयर दिने हुँदा चुक्ता पुँजी २ अर्ब ५० करोड पुग्ने छ ।

बैंकले आर्थिक बर्ष २०७३/७४ मा १६ अर्ब ६ करोड निक्षेप संकलन, १४ अर्ब ५ करोड कर्जा लगानी गरी ४३ करोड ३४ लाख खुद मुनाफा गरेको थियो । हाल ४१ वटा शाखा रहेको बैंकले नेपाल राष्ट्र बैंकबाट १२ वटा नयां शाखा खोल्न स्वीकृती प्राप्त गरेको ब्यहोरा बैंकका प्रमुख कार्यकारी अधिकृत बिश्व मोहन अधिकारीले बताए ।

प्रकाशित : २ भाद्र २०७४, शुक्रबार १४:४७