खुल्यो मुक्तिनाथ विकास बैंकको हकप्रद,यी हुन अावेदन दिने स्थान « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

खुल्यो मुक्तिनाथ विकास बैंकको हकप्रद,यी हुन अावेदन दिने स्थान



काठमाडौं । मुक्तिनाथ विकास बैंक (Muktinath Bikas Bank Ltd.) ले १० बराबर ४ को अनुपातमा अर्थात ४० प्रतिशत हकप्रद शेयर निष्काशन गरेको छ । बैंकले सय रुपैयाँ अंकित मूल्यमा ६१ करोड ७० लाख ८६ हजार ५०४ रुपैयाँको ६१ लाख ७० हजार ८६५ कित्ता शेयर निष्काशन गरेको हो । बैंकको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबीएल क्यालिटल लिमिटेड रहेको छ ।

लगानीकर्ताले एनआईबीएल क्यापिटलका साथै मुक्तिनाथ विकास बैंकका सबै शाखाहरुबाट हकप्रदमा आवेदन गर्न सक्नेछन् । त्यसै गरी नेपाल इन्भेष्टभेन्ट बैंकको विराटनगर, नेपालगन्ज र धनगढी शाखाबाट पनि हकप्रद सेयरमा आवेदन गर्न सकिने बताइएको छ ।

हकप्रद शेयरको विक्री खुल्ला भदौ ४ गते देखि असोज ८ गते सम्म भर्न सकिने छ । १ अर्ब ५४ करोड २७ लाख रुपैयाँ चुक्ता पूँजी भएको मुक्तिनाथ विकास बैंकको हकप्रद निष्काशन प्रश्चायत २ अर्ब १५ करोड ९८ लाख रुपैयाँ पुग्नेछ । बैकको संस्थापक शेयर ५१ प्रतिशत र संस्थापक शेयर ४९ प्रतिशत गरी सय प्रतिशत रहेको छ ।

प्रकाशित : ४ भाद्र २०७४, आईतवार ११:२३