सूर्या लाइफकाे भदौ २७ गते साधारणसभा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सूर्या लाइफकाे भदौ २७ गते साधारणसभा



काठमाडौं। सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले भदौ २७ गते नवौं बार्षिक साधारणसभा बाेलाएको छ। कम्पनीले साधारणसभाबाट वोनस सेयर वितरण प्रस्ताव पारित गर्ने छ।
कम्पनीले चुक्ता पूँजी ६५ करोड ६२ लाखको १० प्रतिशतको ६ करोड ५६ लाख २५ हजार बराबरको बोनश शेयर दिने विशेष प्रस्ताव पारित गर्ने छ।
कम्पनीले १० प्रतिशत बोनश शेयर जारी गरेपछि कायम पूँजी ७२ करोड १८ लाखको ४० प्रतिशत हकप्रद जारि गर्ने प्रस्ताव पारित गर्ने छ।
हकप्रद जारि गरेसँगै कम्पनीको चुक्ता पूँजी एक अर्ब एक करोड रुपैयाँ पुग्नेछ। कम्पनीले यसपछि पनि बीमा समितिले निर्देशन गरेको दुर्इ अर्ब चुक्ता पूँजी पुर्याउन ९९ करोड रुपैयाँ जुटाउनु पर्ने हुन्छ।
कम्पनीको रिक्त रहेको संचालक सदस्यमा कृति टिवडेवाल (खेतान) लार्इ बार्षिक साधारणसभाबाट नियुक्ति अनुमोदन गर्ने भएको छ। कम्पनीको साधारण सभा प्रयोजनार्थ भदौ ९ देखि १५ गतेसम्म बुक क्लोज गर्ने जानकारी गराएको छ।

प्रकाशित : ४ भाद्र २०७४, आईतवार १४:५२