११ दशमलव ७८ अंकले ओरालो लाग्यो नेप्से « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

११ दशमलव ७८ अंकले ओरालो लाग्यो नेप्से



काठमाडौँ । कारोबारको पहिलो दिन आज आइतबार नेप्से ओरालो लागेर बन्द भएको छ। आज नेप्स ११ दशमलव ७८ अंकले ओरालो लागेको छ। आज कारोबारमा आएका होटल समुह बाहेक अरु सबै समुहले गुमाएको छ। आज कारोबारमा आएका १५९ कमपनीको ४६ लाख ७८ हजार ६ सय ४४ कित्ता सेयरबाट ७९ करोड ४६ लाख ८२ हजार ६ सय ५८ रुपैयाको कारोबार भएको छ।

आइतबार सबै भन्दा धेरै इन्स्योरेन्स समुहले गुमाएको छ। आज इन्स्योरेन्स समुह ३९ दशमलव ७४ अंकले ओरालो लागेको छ । आज उतपादनमुलक समुह २५ दशमलव ७१ अंकले,जलविधुत समुह १५ दशमलव ७१ अंकले,विकास बैँक समुह १४ दशमलव ८५ अंकले,बैँक समुह १२ दशमलव २ अंकले,फाइनान्स समुह ६ दशमलव ६६ अंकले र अन्य समुह २ दशमलव ८९ अंकले ओरालो लागेको छ ।

आज होटल समुह भने ४ दशमलव २१ अंकले उकालो लागेको छ।

प्रकाशित : ४ भाद्र २०७४, आईतवार १५:२१