भदौ १३ देखि नाडा अटो सो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

भदौ १३ देखि नाडा अटो सो



काठमाडौं  । सवारी साधनको खरिदबिक्री सम्बन्धी मेला नाडा अटो शो आउदो सातादेखि राजधानीको भृकुटीमण्डपमा आयोजना हुने भएको छ ।

नेपाल अटोमोवाइल डिलर्स एसोसियसन (नाडा) ले आयोजना गर्ने मेला भदौ १३ गतेदेखि १८ गतेसम्म ६ दिनसम्म सञ्चालन हुनेछ । विभिन्न ब्राण्डका सवारी साधनको एकै छानामुनी बिक्रीबितरण गर्न मेला आयोजना गर्न लागिएको नाडाले आइतबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको छ ।

सर्भोद्वारा प्रायोजित मेलामा चर्चित ब्राण्डका सवारी साधन तथा स्पेयर पार्र्टस, लुब्रिकेन्ट्स, टायर , ग्यारेज उपकरण, ब्याट्री तथा अन्य एसोसेरिज रहनेछ । एशोसिएशनले ब्राण्ड एम्बेसडरका रुपमा चर्चत कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई नियुक्त गरेको छ ।
मेलामा ९० वटा संस्थाहको सहभागितामा करिब १३० वटा ठुला तथा साना स्टलहरु रहनेछन् सो अवसरमा जानकारी दिइयो । मेलामा १६ वटा ब्राण्डका ४ पाङ्ग्रे, १९ वटा ब्राण्डका २ पाङ्ग्रे तथा ६ वटा ब्राण्डका हेभी कमर्शियल सवारीसाधन आर्कषण रहने छन् ।

नाडाका अध्यक्ष अन्जन श्रेष्ठले विगतका भन्दा यसपाली अझ बढी भव्य र व्यवस्थित हुने दाबी गरेका छन । उनले भने, “विगतका वर्ष हामीले मेला आयोजनामा केहि त्रुटी महसु गरेका थियौं यो पटक. त्यसलाई हामी सकभर सुधार्ने छौं । मेलामा लगभग पचास हजार आगन्तुकले अवलोकन गर्ने आयोजकको अनुमान छ । नाडाले अटो शोबाट उठेको रकम मध्ये पाँच लाख रुपैयाँ बाढीपहिरो पीडितलाई दिने निर्णय गरेको छ ।

प्रकाशित : ४ भाद्र २०७४, आईतवार १६:५६