नेप्सेमा २ अंकको वृद्धि, ३९ करोड रुपैयाँको कारोबार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

नेप्सेमा २ अंकको वृद्धि, ३९ करोड रुपैयाँको कारोबार



काठमाडौं ।  तीन दिन सरकारी बिदापछि बुधबार खुलेको नेप्से परिसुचक २ अंकले बढेको छ । गत विहिबार ९ सय ६१ अंकमा अडिएको नेप्से परिसुचक आज ९ सय ६३ दशमलव २७ अंकमा पुगेको छ ।

बजारमा सवैभन्दा बढी होटल समुहको परिसुचक ३० अंकले बढेको छ । यसैगरी, विकास बैंक समुह पनि २८ अंकले उकालो लागेको छ । बजारमा बैंक, फाइनान्स समुहको परिसुचक पनि उकालो लागेको छ ।

बुधबार बजारमा जलविद्युत्, बीमा र अन्य समुहको परिसुचक भने ओरालो छ । आज सवैभन्दा बढी जलविद्युत् समुहको परिसुचक ४५ अंकले घटेको छ ।

दिनभर १ सय ४६ वटा कम्पनीको सेयर कारोवार भएको छ । ती कम्पनीको ३९ करोड रुपैयाँ बराबरको ७ लाख ४२ हजार कित्ता सेयर कारोवार भएको छ ।

प्रकाशित : ६ श्रावण २०७२, बुधबार १२:४८