प्राइम लाइफको ४ वटा आर्थिक वर्षको साधारण सभा भदौ २७ मा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

प्राइम लाइफको ४ वटा आर्थिक वर्षको साधारण सभा भदौ २७ मा



काठमाडौं । प्राइम लाइफ इन्सुरेन्सले १६०% हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले २५% बोनस सेयर दिएपछि कायम हुने चुक्ता पुँजीबाट १६०% हकप्रद सेयर जारी गर्न लागेको हो । नियामक बिमा समितिले तोकेको न्यूनतम चुक्ता पुँजी २ अर्ब रुपैयाँ पुर्याउन प्राइमले आकर्षक हकप्रदको बाटो रोजेको हो । बोनस सेयर र हकप्रद प्रस्ताव पारित गर्न कम्पनीले भदौ २७ गते साधारण सभा बोलाएको छ । एकै दिन ४ वटा आर्थिक वर्षको साधारण सभा हुनेछ । प्राइम लाइफले आर्थिक वर्ष ०६९।७०, ०७०।७१, ०७१।७२, ०७२।७३ को वार्षिक साधारण सभा एकसाथ गर्न लागेको हो । सभामा २५% बोनस सेयर र यसमा लाग्ने कर तिर्न ५७ लाख २८ हजार ९८२ रुपैयाँ नगद लाभांश दिने प्रस्ताव पेस हुँदैछ ।

यसैगरी, कम्पनीको अधिकृत पुँजी वृद्धि गरी २ अर्ब ५० करोड रुपैयाँ पुर्याउने र संस्थापकबाट ४, सर्वसाधारणबाट २ तथा १ स्वतन्त्र सञ्चालक गरी कुल ७ जनाको सञ्चालक समिति गठन गर्नेलगायतका विशेष प्रस्तावहरु पनि साधारण सभामा पेस हुनेछ । साधारण सभा भदौ २७ गते बिहान ११ बजे अग्रवाल भवन कमलपोखरी, काठमाडौंमा बस्नेछ । साधारण सभा गर्न प्राइमले भदौ १४ गते बुक क्लोज गर्नेछ । यसआधारमा, साधारण सभामा भाग लिन र बोनस पाउन भदौ १३ गतेभित्रमा प्राइमको सेयरधनी बनिसक्नुपर्नेछ ।

प्रकाशित : ५ भाद्र २०७४, सोमबार १२:४८