६ दशमलव ४ अंकले ओरालो लाग्यो नेप्से « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

६ दशमलव ४ अंकले ओरालो लाग्यो नेप्से



काठमाडौँ । कारोबारको दोस्रो दिन आज सोमबार नेप्से ओरालो लागेर बन्द भएको छ। आज नेप्स ६ दशमलव ४ अंकले ओरालो लागेको छ। आज कारोबारमा आएका अन्य समुह बाहेक अरु सबै समुहले गुमाएको छ। आज कारोबारमा आएका १५४ कमपनीको २६ लाख ८७ हजार १ सय २ कित्ता सेयरबाट ५२ करोड २० लाख ४ हजार १ सय ३८ रुपैयाको कारोबार भएको छ।
सोमबार सबै भन्दा धेरै इन्स्योरेन्स समुहले गुमाएको छ। आज इन्स्योरेन्स समुह ७५ दशमलव ९५ अंकले ओरालो लागेको छ । आज उतपादनमुलक समुह १८ दशमलव ३९ अंकले, विकास बैँक समुह ९ दशमलव ७८ अंकले, बैँक समुह ४ दशमलव ४३ अंकले, जलविधुत समुह ३ दशमलव ८७ अंकले, होटल समुह ३ दशमलव २६ अंकले र फाइनान्स समुह ० दशमलव ६५ अंकल ओरालो लागेको छ ।
आज अन्य समुह भने ० दशमलव ५७ अंकले उकालो लागेको छ।

प्रकाशित : ५ भाद्र २०७४, सोमबार १५:१७