आयो सिद्धार्थ बैंकको शेयर लिलामीमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

आयो सिद्धार्थ बैंकको शेयर लिलामीमा



काठमाडौं। सिद्धार्थ बैंक लिमीटेडले हकप्रदमा नबिकेको शेयर लिलामी मार्फत बिक्री थालेको छ । बैंकले हकप्रदमा बिक्री नभएको २ लाख ५३ हजार बढी शेयर आज देखि बोलकबोल मार्फत बिक्री थालेको हो ।

सिद्धार्थ बैंकले गत जेठ २५ गतेदेखि असार २८ गतेसम्म हकप्रद बिक्रीका लागि निष्कासन गरेको थियो । हकप्रदमा बिक्री नभएको सर्वसाधारणतर्फको २ लाख ४० हजार ३ सय ७१ दशमलव २६ कित्ता र संस्थापकतर्फका १३ हजार ५ सय ५० दशमलव ८७ कित्ता शेयर बोलकबोल मार्फत बिक्री हुने भएको हो ।

बैंकको शेयर लिलाम मार्फत खरिद गर्न इच्छुक लगानीकर्ताले बिक्री प्रबन्धक सिद्धार्थ क्यापिट लिमिटेडबाट भदौ ६ देखि भदौ १४ गतेसम्म आवेदन दिन सकिनेछ ।

प्रकाशित : ६ भाद्र २०७४, मंगलवार १२:२५