२ दशमलव ४८ अंकले उकालो लाग्यो नेप्से « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

२ दशमलव ४८ अंकले उकालो लाग्यो नेप्से



काठमाडौँ । मंगलबार नेप्सेमा हिरियाली छाएको छ। मंगलबार नेप्से २ दशमलव ४८ अंकले उकालो लागेको छ। आज कारोबारमा आएका फाइनान्स र उतपादनमुलक समुह बाहेक अरु सबै समुहले कमाएका छन् । आज कारोबारमा आएका १६१ कमपनीको १७ लाख ८९ हजार १ सय ४ कित्ता सेयरबाट ७२ करोड ३१ लाख ६६ हजार ६ सय ५१ रुपैयाको कारोबार भएको छ।
मंगलबार सबै भन्दा धेरै जलविधुत समुहले कमाएको छ। आज जलविधुत समुह ११ दशमलव ३६ अंकले उकालो लागेको छ। मंगलबार इन्स्योरेनस समुह ८ दशमलव १५ अंकले,अन्य समुह ७ दशमलव ५२ अंकले,होटल समुह २ दशमलव ८२ अंकले,विकास बैँक समुह २ दशमलव ८ अंकले र बैँक समुह १ दशमलव ०२ अंकले उकालो लागेको छ।
मंगलबार फाइनान्स र उतपादनमुलक समुह भने ओरालो लागेका छन । आज उतपादनमुलक समुह ११ दशमलव ६४ अंकले र फाइनान्स समुह ० दशमलव ९६ अंकले ओरालो लागेको छ ।

 

प्रकाशित : ६ भाद्र २०७४, मंगलवार १५:१७