अशोक लेलैण्डको “उत्सबको बहार दमदार गाडीको बेजोड उपहार” योजना « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

अशोक लेलैण्डको “उत्सबको बहार दमदार गाडीको बेजोड उपहार” योजना



काठमाडौं। आई एम ई मोटर्स प्रा ली, नेपालका लागि अशोक लेलैण्ड गाडीका आधिकारिक बिक्रेताले “उत्सबको बहार दमदार गाडिको बेजोड उपहार” नामक योजना ल्याएको छ । कम्पनीले नजिकिदै गरेको चाडपर्वलाई मध्यनजर गर्दै उक्त योजना नेपाली बजारमा ल्याएको हो । यस योजना अन्तर्गत अशोक लेलैण्डका बस, ट्रक तथा ट्रिपरहरुका कुनै पनि मोडलको खरिद गर्दा, ग्राहकवर्गमा सुनिश्चित उपहार प्रदान गरिने छ ।

आई एम ई मोटर्स प्रा लीले यस भब्य योजना मार्फत ग्राहकवर्गमा बेजाड उपहार प्रदान गर्दै चाडपर्वको मौसमलाई अझै उल्लासमय बनाएको छ । ग्राहकवर्गले खरिद गर्ने सवारीको सङख्या अनुसार, चाहाना अनुरुपको उपहार रोज्न पाइने कम्पनीले जनाएको छ ।

यो योजना नेपाल अधिराज्यभरी तथा भादाै ३१ गतेसम्म मात्र लागु हुने जनाइएको छ ।

प्रकाशित : ७ भाद्र २०७४, बुधबार ११:५९