डीआईडी चेन अब नेपालमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

डीआईडी चेन अब नेपालमा



काठमाडौं – डाइडी इन्डियाले उत्पादन गरेको डीआईडी ब्रान्डको बाइक चेन नेपालमा भित्रिएको छ । सत्यदिप इन्टरनेसनलले डीआईडी ब्रान्डको चेन किट नेपालमा भित्र्याएको हो । एक कार्यक्रमका बीच डाइडो इन्डियाका म्यानेजिङ डाइरेक्टर कात्सुसी कियोसिगे र डेपुटी जनरल म्यानेजर अंकुश जैन तथा सत्यदिप इन्टरनेसनलका प्रबन्ध सञ्चालक दिपेन्द्र मिश्र र मार्केटिङ डाइरेक्टर सञ्जिव हमालले संयुक्त रुपमा चेन किट सार्वजनिक गरे ।
जापानमा मूख्य कार्यालय रहेको डाइडी कोग्योले सन् २०१४ देखि भारतमा चेन किट उत्पादन थालेको हो । नेपालमा भारतमा निर्मित चेन किट उपलब्ध हुनेछ । विश्वका दुई पांग्रे सवारी साधनहरु मध्ये ६० प्रतिशत भन्दा बढीमा यही ब्रान्डको चेन किट प्रयोग गरिएको कम्पनीको दावी छ । विश्वमै नम्बर एक चेन किट उत्पादक कम्पनीका रुपमा परिचित डीआईडीका चेन हिरो, बजाज, टीभीएस, होन्डा, यामाहा आदि कम्पनीका रेसिङ बाइकहरुमा समेत प्रयोग गरिएको कम्पनीका डेपुटी जनरल म्यानेजर अंकुश जैनले बताए ।
भारतको राजस्थानमा अवस्थित डाइडी इन्डियाको कारखानामा प्रत्येक वर्ष ४० लाख चेन किट उत्पादन गर्ने क्षमता छ । कारखानामा विभिन्न प्रविधि प्रयोग गरी गुणस्तरीय चेन उत्पादन गरिन्छ । विश्वका विभिन्न ११ देशका १४ स्थानमा डीआईडी चेन उत्पादन हुन्छन् । अन्य कम्पनीको चेन भन्दा हलुका, टिकाउ र गुणस्तरीय हुनुका साथै विश्वसनिय समेत भएकाले नेपालमा यसको राम्रो बजार सम्भाव्यता भएको कार्यक्रममा जानकारी प्रदान गरिएको थियो ।

प्रकाशित : ७ भाद्र २०७४, बुधबार १२:५७