२ दशमलव ७८ अंकले ओरालो लाग्यो नेप्से « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

२ दशमलव ७८ अंकले ओरालो लाग्यो नेप्से



काठमाडौँ । बुधबार नेप्से ओरालो लागेर बन्द भएको छ। आज नेप्स २ दशमलव ७८ अंकले ओरालो लागेको छ। आज कारोबारमा आएका इन्स्योरेन्स समुह र अन्य समुह बाहेक अरु सबै समुहले गुमाएको छ। आज कारोबारमा आएका १६० कमपनीको १७ लाख ५४ हजार ६५ कित्ता सेयरबाट ६२ करोड ७१ लाख ४४ हजार ८ सय ६९ रुपैयाको कारोबार भएको छ।
बुधबार सबै भन्दा धेरै होटल समुहले गुमाएको छ। आज होटला समुह ३० दशमलव ३८ अंकले ओरालो लागेको छ । आज जलविधुत समुह २१ दशमलव ३ अंकले, उतपादनमुलक समुह ७ दशमलव ४४ अंकले, विकास बैँक समुह ५ दशमलव ४२ अंकले, बैँक समुह २ दशमलव ०१ अंकले र फाइनान्स समुह १ दशमलव ९९ अंकले ओरालो लागेको छ ।
आज इन्स्योरेन्स समुह र अन्य समुह भने उकालो लागेको छ। आज इन्स्योरेन्स समुह ४ दशमलव ६ अंकले र अन्य समुह १ दशमलव ४५ अंकले उकालो लागेको छ।

 

प्रकाशित : ७ भाद्र २०७४, बुधबार १५:२०