सहकारीलाई प्रस्तावनामै राख्न सुझाव « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थतन्त्र

सहकारीलाई प्रस्तावनामै राख्न सुझाव



राष्ट्रिय सहकारी संघ नेपालले सरकारको तीन खम्बे अर्थ नीति अनुरुप सहकारीले देशको आर्थिक रुपान्तरण, सामाजिक सदभाव कायम तथा रोजगारि श्रृजनामा अत्यन्त महत्वपूर्ण भूमिका खेलेको बताएको छ । संघका अध्यक्ष केशव प्रसाद बडालको नेतृत्वमा संघका संचालक समिति तथा पदाधिकारीहरु समेतको टोलीले नेपालको संविधान २०७२ को प्रारम्भिक मस्यौदामा सुझाव पेश गर्ने क्रममा यस्तो बताएका हुन् ।यस्तै संघले सहकारीलाई प्रस्तावनामै राख्न सुझाव समेत दिएको छ ।

सिंहदरवारमा संविधानसभाका सभाध्यक्ष सुभास चन्द्र नेमवाङसँग भेट गरि अध्यक्ष बडालले देशभरिका ४८ लाख सहकारीकर्मी २० वटा केन्द्रीय संघहरु, राष्ट्रिय सहकारी बैंक, ३१० वटा जिल्ला तथा विषयगत जिल्ला सहकारीहरुका साथै देशभरीका प्रारम्भिक सहकारीहरुको तर्फबाट सुझाव पेश गरे ।  राष्ट्रिय सहकारी संघ नेपालको सुझावलाई स्वीकार गर्दै संविधानसभाका सभाध्यक्ष नेमवाङले सुझावलाई समितिमा छलफलको लागि पुर्याउने प्रतिबद्धता जाहेर गरे ।

प्रकाशित : ६ श्रावण २०७२, बुधबार १४:५३