साताको अन्तिम दिन शेयर बजार सामान्य उकालो लाग्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

साताको अन्तिम दिन शेयर बजार सामान्य उकालो लाग्यो



काठमाडाै । साताको अन्तिम दिन विहीबार शेयर बजार सामान्य बढेको छ। हरिकालिका तिजको दिन बजारमा हरियो रंङ पोतिएको हो। पहिलो घण्टा बजार २ अंकले घटेको थियो।  बिस्तारै उकालो लाग्यो र ६.५४ अंकको वृद्धिसँगै बन्द भयो।

विहीबार नेप्से परिसूचक १६१७.८१ अंकमा पुगेको छ। बुधबार २.७८ अंकले बजार घटेको थियो। क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १.०४ अंकले बढेको छ।

विहीबार बजारमा १६१ कम्पनीका १२ लाख ४१ हजार कित्ता शेयर ६३ करोड ७५ लाख रुपैयामा खरिद बिक्री भए। यो अघिल्लो दिनको तुलनामा करिब एक करोड रुपैयाले बढी हो। बुधबार ६२ करोड रुपैयाँको शेयर खरिद बिक्री भएको थियो ।

विहीबार सबैभन्दा धेरै सिटिजन्स बैंक इन्टरनेशनलको शेयर किनबेच भएको छ। बैंकको पाँच करोड २५ लाख रुपैयाँ बराबरको शेयर खरिद बिक्रि भएको हो।

बिहिबार होटल बाहेक सबै उपसुचक बढेका छन्। बैंक २.६२, विकास बैंक १४.०८, जलबिद्युत २३.५७, फाइनान्स ३.२६, उत्पादनमुलक समूह २८.३८, बीमा ४८.६३ र अन्य ३.७६ अंकले बढेका छन्। होटल ३.१६ अंकले घटेको छ।

बिहिबार सबैभन्दा बढी हिमालयन डिस्टिलरीका शेयरधनीले करिब सात प्रतिशत कमाएका छन्। जनरल फाइनान्सका लगानीकर्ताले झन्डै १० प्रतिशत गुमाए।

प्रकाशित : ८ भाद्र २०७४, बिहीबार १७:३६