धरहरा बनाउन ३० करोड माग « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

धरहरा बनाउन ३० करोड माग



money2-390x293काठमाडौ । गत वैशाख १२ गते गएको महाभूकम्पपछि पूर्णरुपमा ध्वस्त भएको राष्ट्रिय प्रतिकका रुपमा रहेको धरहरा निर्माणका लागि पुरातत्व विभागले सरकारसँग ३० करोड रुपैयाँ माग गरेको छ ।

विभागले पहिलेको स्वरुपमा नै धरहरा निर्माण गर्न उक्त लागत लाग्ने भन्दै सरकारसँग रकम माग गरेको हो । तत्कालिन राजा रणबहादुर शाहकी महारानी ललितत्रिपुरा देवी शाहले निर्माण गराएको धरहरा यसपटक आएको महाभूकम्पका कारण पूर्णरुपमा ध्वस्त भएको थियो ।

वि.सं.१८८२ मा निर्माण भएको धरहरा १९९० साल माघ २ गते गएको महाभूकम्पपछि २ तला भाँचिएको थियो ।

पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने उद्देश्य लिइएको धरहरा निर्माण गर्न ३० करोड लाग्ने विभागका प्रवक्ता रामबहादुर कुँवरले जानकारी दिए । विभागले हरेक वर्ष ६ करोडका दरले रकम निकासा गरे पाँच वर्षभित्र धरहरा निर्माण सम्पन्न गर्न सकिने कुँवरले जानकारी दिए ।

यस आर्थिक वर्षबाटै निर्माण शुरु गर्ने लक्ष्य लिएको विभागले धरहराको नक्सा बनाइ सकेको नेपाल समाचारपत्रमा खबर छ ।

प्रकाशित : ७ श्रावण २०७२, बिहीबार ०३:३०