सेवाविस्तारका लागि सक्षम र निर्धन उत्थान बैंकबीच सम्झौता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सेवाविस्तारका लागि सक्षम र निर्धन उत्थान बैंकबीच सम्झौता



काठमाडौं । दुर्गम हिमाली र पहाडी क्षेत्रमा वित्तीय सेवा विस्तारका लागि सक्षम र निर्धन उत्थान बैंकबीच सम्झौता भएको छ ।

दुई बैंकले नेपालका पश्चिमी जिल्लाहरु अछाम, बझाङ्ग, दार्चुला, हुम्ला र मुगुमा सेवा विस्तार गर्ने तयारी गरेका न् । उक्त जिल्लामा सक्षम बैंकको प्राविधिक सहयोगमा निर्धन उत्थान बैंकले शाखा खोलेर वित्तीय क्षेत्रमा भएको कमीलाई सम्बोधन गरिने बैंकले जनाएको छ ।

सम्झौता हस्ताक्षर कार्यक्रमलाई सम्बोधन गर्दै निर्धन उत्थान बैंकका सभापति गणेशबहादुर थापाले नेपाली जनतासम्म वित्तीय उत्पादन तथा सेवाहरू पुर्‍याउने लक्ष्यका साथ काम गरिरहेको बताए ।

नयाँ सम्झौता अनुसार मध्य र सुदूर पश्चिमका पुग्न कठिन भागहरूमा ५ वटा नयाँ शाखाहरू खोलेर उक्त क्षेत्रमा वित्तीय सेवा विसतार गरिने थापाले बताए ।

सक्षम बेलायती सहयोग प्राप्त र स्थानीय तथा अन्तर्राष्ट्रिय संस्थासँगको सहकार्यमा कार्यान्वयन गरिएको एउटा वित्तीय पहुँच कार्यक्रम हो भने निर्धन उत्थान बैंक लिमिटेड एउटा लघुवित्त बैंक हो ।

प्रकाशित : ७ श्रावण २०७२, बिहीबार ०३:४४