बुढानिलकण्ठलाई सफा र हरित बनाउन प्रभू बैंकले गर्यो वृक्षारोपण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

बुढानिलकण्ठलाई सफा र हरित बनाउन प्रभू बैंकले गर्यो वृक्षारोपण



काठमाडाै । सफा र हरित बुढानिलकण्ठ(क्लिन एण्ड ग्रीन बुढालिनकण्ठ) भन्ने नाराको साथ प्रभूू बैंक लिमीटेडले शनिवार बुढानीलकण्ठ नगरपालिकासँगको सहकार्यमा वृक्षारोपण गरेको छ ।  बुढानीलकण्ठ नगरपालिकास्थित बाँसबारीदेखि गणेश चौकसम्म मुल सडकको दायाँबायाँ दुवै किनारामा वृक्षारोपण गरिएको हो ।

बुढानिलकण्ठ नगरपालिकाका मेयर उद्धवप्रसाद खरेल र प्रभु बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले संयुक्त रुपमा वृक्षारोपण गरी कार्यक्रमको उद्घाटन गरेका थिए ।

सो कार्यक्रममा स्थानीय वडाप्रतिनिधिहरु, नगरपालिकाका कर्मचारी, प्रभु बैंक लिमिटेडका कर्मचारी तथा स्थानीयबासीको सहभागिता थियो ।

सो कार्यक्रममा नगरप्रमुख उद्धवप्रसाद खरेलले वृक्षारोपण कार्यक्रमका लागि प्रभु बैंकले उपलब्ध गराएको सहयोग प्रति आभार प्रकट गरेका थिए ।

प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले प्रभु बैंकले आफ्ना ग्राहकहरुलाई गुणस्तरीय बैंकिङ्ग सेवा उपलब्ध गराउनुका अतिरिक्त सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न खालका सामाजिक सहयोग तथा सद्भावयुक्त कार्यक्रमहरुमा योगदान गर्दै आईरहेको र आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्वलाई प्राथमिकताका साथ निरन्तरता दिने बताए ।

वृक्षारोपणले सुन्दर एवं पर्यटकीय नगरी बुढानिलकण्ठको वातावरणलाई हरियाली बनाई पर्यावरण स्वच्छ राख्नथप सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

 

प्रकाशित : ११ भाद्र २०७४, आईतवार १४:५०