४ दशमलव ५१ अंकले उकालो लाग्यो नेप्से « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

४ दशमलव ५१ अंकले उकालो लाग्यो नेप्से



काठमाडौँ । कारोबारको पहिलो दिन आज आइतबार नेप्से उकालो लागेर बन्द भएको छ। आज नेप्स ४ दशमलव ५१ अंकले उकालो लागेको छ। आज कारोबारमा आएका फाइनान्स, इन्स्योरेन्स र अन्य समुह समुह बाहेक अरु सबै समुहले कमाएका छन् । आज कारोबारमा आएका १६५ कमपनीको २७ लाख २६ हजार ८२ कित्ता सेयरबाट ८१ करोड ५१ लाख ६४ हजार ८ सय ३६ रुपैयाको कारोबार भएको छ।
आइतबार सबै भन्दा धेरै उतपादनमुलक समुहले कमाएको छ। आज उतपादनमुलक समुह ३२ दशमलव १६ अंकले उकालो लागेको छ। आज विकास बैँक समुह १२ दशमलव १२ अंकले, जलविधुत समुह ११ दशमलव ४५ अंकले, बैँक समुह ७ दशमलव १४ अंकले र होटल समुह ६ दशमलव २७ अंकले उकालो लागेको छ।
आइतबार सबै भन्दा धेरै इन्स्योरेन्स समुहले गुमाएको छ। आज इन्स्योरेन्स समुह ३४ दशमलव १९ अंकले ओरालो लागेको छ । आज अन्य समुह ६ दशमलव ३६ अंकले र फाइनान्स समुह १ दशमलव ३ अंकले ओरालो लागेको छ ।

प्रकाशित : ११ भाद्र २०७४, आईतवार १५:२३