सुजुकी डिजायरको फेसलिफ्ट भर्जनको कार सार्वजनिक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सुजुकी डिजायरको फेसलिफ्ट भर्जनको कार सार्वजनिक



काठमाडौं । सीजी मोटोकर्पले सुजुकीको बेष्ट सेलर मोडल डिजायरको फेसलिफ्ट भर्जन कार नेपाली बजारमा सार्वजनिक गरेको छ ।

हियर टेक च्यासिस प्ल्याटफर्ममा आधारिट भइ निर्माण गरिएकाले कारको वजन हल्का भएको र पीयसको रोबष्ट च्यासिस डिजाइनका कारण कारमा यात्रा गर्नेका लागि भने अझ सुरक्षित भएको कम्पनीले बताएको छ ।

सुरक्षामा विशेष ध्यान दिइ निर्माण गरिएको कारका सबै भ्यारियण्टमा डुअल एयरब्याथ र एबीएसलाई स्ट्याण्डर्ड सुरक्षा फिचर्सका रुपमा उपलब्ध गरिएको छ । कारको बाहिरी सजावत पूर्ण रुपले परिमार्जन
गरिएको छ ।

यसले गर्दा कारलाई आफ्नो श्रेणीकै सर्वाधिक स्टाइलिस लुक्स प्राप्त भएको छ । पछिल्लो संस्करणका तुलनामा नयाँ कारको चौडाइ ४० एमएम फराकिलो रहेको छ । साथै, कारमा लामो ह्विल बेसको प्रयोग गरिएको छ ।

यसले कारको आन्तरिक भागलाई थप स्पेशियस र आरामदायी बनाएको कम्पनीको दावी छ । कारको उपयोगितामा थप बढावा दिने सोचका साथयसको बुट स्पेश पनि थप बढाएर ३ सय ७८ लिटर बनाइएको छ ।

कारमाप्रिमियम सेडानमा झैँ किलेस एण्ट्रिज, डीआरएल, रियर भेण्ट सहितको स्वचालित एसी, डायमण्ट कट अलोइ लगायत अत्याधुनिक सुविधापनि उपलब्ध गरिएका छन् ।

साथै,कारमा एण्ड्रोइड अटोमाआधारित स्टेट अफ आर्ट ईन्फोटेनमेण्ट प्रणाली (भारतीय निर्मित कारमै पहिलो) र ठूलो टच स्क्रिन प्रणाली मार्फत एप्पल कार प्लेको सुविधा पनि उपलब्ध गरिएको छ । कारलाई पूर्ण परिक्षण गरी सफलता हात पारिसकेको के१४ ईञ्जिनले शक्ति प्रदान गर्छ । के१२ ईञ्जिन विशेष गरी शक्ति र २२ किलोमिटर प्रति लिटर माइलेज दिने ईञ्जिनका रुपमा परिचित छ ।

प्रकाशित : १२ भाद्र २०७४, सोमबार १०:४०