ङादी ग्रुप पावरले १०% बोनस सेयर दिने, बोनसपछि फेरि ३०% हकप्रद पनि दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

ङादी ग्रुप पावरले १०% बोनस सेयर दिने, बोनसपछि फेरि ३०% हकप्रद पनि दिने



काठमाडौं ।ङादी ग्रुप पावरले १०% बोनस सेयर दिने भएको छ । कम्पनीले १० प्रतिशत बोनस दिएपछि कायम हुने चुक्ता पुँजीमा फेरि ३०% हकप्रद पनि जारी गर्नेछ । कम्पनीको सोमबार बिहान बसेको सञ्चालक समिति बैठकले सेयरधनीलाई गत वर्षको नाफाबाट १०% बोनस सेयर र कर तिर्न ०.५३% नगद लाभांश दिने निर्णय गरेको छ । सोही बैठकले बोनस दिइसकेपछि कायम हुने चुक्ता पुँजीबाट ३०% हकप्रद जारी गर्ने निर्णय पनि गरेको हो । सञ्चालक समितिको निर्णय कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र कर्यान्वयनमा आउनेछ ।

प्रकाशित : १२ भाद्र २०७४, सोमबार १२:१६